काठमाडौंमा भूकम्पको धक्का महसुस, केन्द्रविन्दु सिन्धुपाल्चोक

220

काठमाडौं। काठमाडौंमा दिउँसो भूकम्पको धक्का महसुस भएको छ ।

दिउँसो १ बजेर २ मिनेट भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

बिहीबार दिउँसो सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको केन्द्रले जनाएको छ  ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार १ बजेर २ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो । यसको केन्द्रबिन्दु जिल्लाको माझिटार भन्ने स्थानमा रहेको थियो ।