भक्तपुर । लिवाली ८ स्थित उदय बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शनिवार एक दिने झोल साबुन र डल्लो साबुन बनाउने तालिम सम्पन्न गरियो ।
सदस्यहरूको सीप विकास र प्रवर्द्धन गर्ने उद्देश्य बमोजिम सञ्चालन भएको उक्त तालिममा साधारण सदस्य, उपसमिति तथा कर्मचारी गरी २२ जना प्रशिक्षार्थी रहेको संस्थाका व्यवस्थापक पुण्यराम गोसाईंले जानकारी दिनुभयो ।
संस्थाले बचत तथा व्यवसाय प्रवर्द्धन उपसमितिको आयोजनामा आगामी माघ ७,८ र ९ गते रु. २०० मा ग्यास चुल्हो, फ्रिज, मिक्स्चर तथा इलेक्ट्रिक हिटरको सामान्य तथा आधारभूत सीप र ज्ञानसहित तीन दिने घरेलु उपकरण तालिममा सहभागिता जनाउन माघ ५ गते भित्र नाम दर्ताको आह्वान गरिएको छ ।