काठमाडौँ – सर्वोच्च अदालत बार एसोसियसनका लागि शनिबार भएको मतदानमा एमाले माओवादीनिकट कानुन व्यवसायीहरुको प्यानललाई पराजित गर्दै कांग्रेस एकीकृत समाजवादीको प्यानल विजयी भएको छ।
अध्यक्षमा कांग्रेस निकट डीएलएका उम्मेदवार वरिष्ठ अधिवक्ता मेघराज पोखरेलज ३६८ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमाले निकट पीपएलको गठबन्धनका उम्मेदवार वरिष्ठ अधिवक्ता महेश थापाले १८१ मत मात्रै पाए।
डीएलएले एकीकृत समाजवादीलाई उपाध्यक्षसहित चार सदस्य दिएर गठबन्धन गरेको थियो । कांग्रेस समाजवादी गठबन्धनबाट उपाध्यक्षमा अम्बरबहादुर राउत, सचिवमा रमणकुमार श्रेष्ठ, पुष्पराज पौडेल र सहसचिवमा महिला पुनदेवी महर्जन विजयी भएका छन्।
कोषाध्यक्षमा रामचन्द्र पौडेल , महिला सदस्यका लागि शशि बस्नेत विजयी भएका छन्। एमाले निकट गठबन्धनबाट एक जना मात्र सदस्यको रूपमा विजयी भएको निर्वाचन समितिले जनाएको छ। ९ खुला सदस्यमध्ये सतिशराज मैनाली मात्र एमाले माओवादी गठबन्धनबाट विजयी भए।