चाँगुनारायणकाे पहिलो हरित विद्यालय बन्दै सरस्वती मावि

69

– हरिसुन्दर छुकां
भक्तपुर । भक्तपुरको सरस्वती माध्यमिक विद्यालय हरित विद्यालय बन्ने भएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालकाे थाकलमाथमम रहेकाे साे विद्यालय हरपत विद्यालय बन्ने भएको हाे ।

जिल्लाकै उत्कृष्ट विद्यालय बन्न सफल उक्त विद्यालयले एक वर्षभित्र हरित विद्यालय बन्नेछ । विद्यालयले साे अवधिमा हरित विद्यालयका सबै सूचकहरू पूरा गर्नेछ ।

साे कार्यक्रमकाे उद्घाटन चाँगुनारायण नगरपालिकाका नगर प्रवक्ता एवम् चाँगुनारायण नगरपालिका वडा नं.८ का अध्यक्ष जनक खत्रीले गरेका थिए । साे क्रममा उनले विद्यालयकाे शैक्षिक स्तर उकास्नका लागि विद्यार्थी, शिक्षक र समग्र विद्यालयकाे स्वास्थ्य सुध्रिनुपर्ने बताए । उनले हरित विद्यालयसँगै विद्यालयकाे थप शैक्षिक उन्नयन हुने समेत बताए ।

कार्यक्रममा चाँगुनारायण नगरपालिका खानेपानी तथा सरसफाइ स्वच्छता शाखा( वास) प्रमुख सुरेन्द्र लामिछानेले हरित विद्यालय कार्यक्रम निर्देशिका, २०७५ अनुसार हरित विद्यालय कार्यक्रम लागू गरिएकाे जानकारी दिए । साे कार्यक्रम लागु भएसँगै सामुदायिक विद्यालयको स्वामित्वमा रहेको खाली जग्गामा अनिवार्य रूपमा बालबालिकालाई मनोरञ्जन दिने खेल सामग्री राखिने छ। विभिन्न प्रजातिका बोटबिरुवा रोपण, संरक्षण तथा संवर्धन गरिने कार्यक्रम रहेकाे उनकाे भनाइ छ ।

विद्यालयका प्रधानाध्यापक टीकाराम पाण्डेयले हरित विद्यालयकाे अवधारणा पूरा गर्नका लागि विद्यालय कटिबद्ध भई लाग्ने बताए । उनले नगरपालिकाले सञ्चालन गरेकाे कक्षा ८ काे परीक्षा र एसईईमा उत्कृष्ट भएको जनाए । साे कार्यक्रमले विद्यालय परिवार खुसी भएको उनले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संजिव पुरीले हरित विद्यालय कार्यक्रमका लागि सरस्वती माविलाई छनाेट गरेकाेमा नगरपालिकालाई धन्यवाद दिँदै साे कार्यक्रमलाई पूर्णरूपमा सफल बनाउन कटिबद्ध भएर लाग्ने बताए ।

हरित विद्यालय अवधारणा अन्तरगत गरिने कार्यक्रममा सीप विकास रहेकाे छ । साे अन्तरगत छात्राहरूलाई स्यानिटरी प्याड निर्माण तालिम, विद्यार्थीलाई च्याउखेती तालिम दिने कार्यक्रम रहेकाे छ । यसै गरि साे अवधारणालाई पूरा गर्न प्लास्टिक र प्लाष्टिकजन्य वस्तुकाे पुन: प्रयाेग गरि विभिन्न शैक्षिक सामग्री समेत निर्माण गरिने याेजना रहेकाे ग्लाेबल पिस फाउन्डेसनकाे सिनियर प्राेजेक्ट अफिसर सृजना सितिखुले बताइन् । उनले फाेहाेरमैला व्यवस्थापनका साथै बगैंचा निर्माण र आकाशेपानी व्यवस्थापन समेत गरिने जानकारी दिइन् । उनले काैशी खेती प्रवर्द्धन समेत गरिने बताइन् ।

वातावरणमैत्री स्कुल बनाउने, त्यसका लागि शिक्षक, विद्यार्थीकाे क्षमता अभिवृद्धि गरि वायु प्रदूषण न्यूनीकरणका कार्यक्रम समेत गरिने र त्यस अन्तरगत प्रत्येक हप्तामा एक / दुईवटा तालिम र अभिमुखीकरण गरिनेछ ।