भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्बर १ मा निःशुल्क छातीको एक्स-रे शिविर हुने भएको छ ।
आगामी बुधवार पौष २४ गते उक्त शिविर हुने चाँगुनारायण नगरपालिका वडा नम्बर १ ले जानकारी दिएको छ ।
वडा कार्यालयका अनुसार वडाको सरस्वती खेल बसपार्कमा उक्त शिविर आयोजना हुने छ ।
विशेषज्ञ डाक्टर सहितको टोलीबाट सरस्वती खेल बसपार्कमा छातीको एक्स-रे लिने छन् ।
चिसोको मौसम मानिसको छातीमा विभिन्न सङ्क्रमण हुन सक्ने भएका कारण उक्त शिविर आयोजना गर्न लागेको आयोजकले जानकारी दिएका छन् ।
छातीको एक्स-रे गर्नको लागि अस्पतालमा घण्टौँ लाइनमा बस्नुपर्ने तथा डाक्टर भेट्न पनि गाहे हुने भएका कारण समुदायमा छाती सम्बन्धी लुकेको रोग पत्ता लगाउन पनि उक्त शिविरको आयोजना गर्न लागिएको आयोजकको भनाई छ ।
शिविर सरस्वती खेल बसपार्कमा पौष २४ गते बुधवार बिहान १० बजे देखि सुरु हुने छ ।