कालिघाट ब्यासी ,
कालिघाट पुस्तकालयको आयोजनामा आज साहित्य गोष्ठी सम्पान्न भयो | कार्यक्रममा कालिघाट सतल ब्यबस्थापन समितिका अध्यक्ष तथा बासु माबिका पुर्व प्राचार्य बाल मुकुन्द बासुक पुस्तकालय ज्ञानको भण्डार हो , पुस्ताकालय सन्चालन र ब्यबस्थापनमा युवा बिध्यार्थी लाग्नु पर्छ , आफ्नो अन्तिम उदेश्य कालिघाट पुस्तकालयलाई नमुना पुस्तकालयको रुपमा बिकास गर्नु हो भन्नुभयो |
कालिघाट पुस्तकालयका अध्यक्ष राजकुमार लघुले सहित्री समाजको ऐना हो | कामदार बर्गको दुख सुख र भावना समेतियको साहित्य जनताको साहित्य हो | पुजीपति र शोषक सामान्तहरुको हितको लागी लेखिएको साहित्य प्रतिक्रियावादी साहित्य हो भन्नुभयो |
कार्यक्रममा पुस्तकालयका सचिब लक्ष्मी नारायण सुवाल पुस्तकालयमा अध्ययन गर्दा ज्ञानको दायर फराकिलो हुन्छ भन्नू भयो | कार्यक्रममा कविता र हस्तलेखन प्रतियोगितामा प्रथम दोश्रो र तेस्रो हुने बिद्यार्थीहरुलाइ प्रमुख अतिथी बाल मुकुण्ड बासुकलाले पुरस्कार बितरन गर्नु भएको थियो |
कबिता बिधा तर्फ निशा थापा ,मनिशा बडुवाल दोस्रो र नारायण थापा तेस्रो भयो |हस्तलेखन तर्फ भगवती थापा,निशा थापा र मनिशा थापा पुर्स्कृत भएको थियो |