नवलपरासी सदरमुकाम परासीमा साँझ गोली चल्यो एक घाइते 

32

नवलपरासी । नवलपरासी कारागार अगाडि बिहीबार साँझ गोली चलेको छ । स्थानीयका अनुसार ७ राउन्ड गोली चलेको हो । गोली चल्दा  एक गोली एक व्यक्तिको खुट्टामा लागेर घाइते भएको समेत स्थानीयले बताएका छन् ।

कारागार अगाडी लागू औषध (ब्राउन सुगर) लगायतका लागू औषध कारोबारीको आशङ्कामा प्रहरी द्वारा भएको नियन्त्रण प्रयासमा अवस्था अनियन्त्रित हुँदा ७ राउन्ड गोली हवाई फायर गरिएको स्थानीयले बताए ।

यस क्रममा एउटा गोली एक जनाको खुट्टामा लागी भएका घाइतेलाई परासी अस्पतालमा उपचारमा पठाइएको प्रहरी स्रोतले जनाएको छ । घाइतेको विषयमा थप जानकारी भने पछि दिने उनीहरूले बताए । घाइतेको तिघ्रामा गोली लागेको छ । घटनाको सम्बन्धका थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।