भक्तपुर— सूर्यविनायक-धुलिखेल सडक आयोजना, भक्तपुरले निर्माण गर्न लागेको साँगा सडकखण्डको निर्माण कार्यकाे क्रममा आंशिक रुपमा यातायात अवरुद्ध गरिने सम्बन्धमा सरोकारवालाहरूको टोलीले स्थलगत निरीक्षण सम्पन्न गरेको छ।
आज मिति २०८१ माघ २० गते, प्रमुख जिल्ला अधिकारी श्री गोपालप्रसाद अर्यालको नेतृत्वमा विभिन्न सरकारी निकायका प्रमुख तथा सरोकारवालाहरूको टोलीले सडकका विभिन्न खण्डको निरीक्षण गर्दै Geo-griding प्रविधि प्रयोग गरिने स्थानबारे प्राविधिक जानकारी लिएको हो।
निरीक्षण टोलीमा सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेव थापा,धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोक ब्यान्जु,जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, सूर्यविनायक-धुलिखेल सडक आयोजनाका प्रमुख, जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक बसुन्धरा खड्का, भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरू, जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक, भक्तपुर र काभ्रेपलाञ्चोकका ट्राफिक प्रहरी प्रमुखहरू,सम्बन्धित वडा अध्यक्षहरूको उपस्थिती रहेको थियो ।
निरीक्षणका क्रममा सरोकारवालाहरूले सडक निर्माण कार्यले न्यूनतम रूपमा यातायातमा असर पार्ने गरी प्रभावकारी ढंगले काम अघि बढाउन आवश्यक निर्देशन दिएका छन्। साथै, निर्माणमा Geo-griding प्रविधिको प्रयोगबारे प्राविधिक टोलीबाट विस्तृत जानकारी लिइएको छ।
निर्माण कार्यको प्रभावकारिता र दिगोपनाका लागि समन्वयात्मक रूपमा अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।