भक्तपुर— भक्तपुर जिल्ला शाखाको समन्वयमा वागिश्वरी मा.वि., कलेज तथा कलेज अफ म्यानेजमेन्टको वार्षिकोत्सवको अवसरमा माघ २२ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ।
रक्तदान कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता सुनिश्चित गर्न माघ १८ र २० गते विभिन्न संकाय तथा कक्षाका विद्यार्थीहरूलाई “रक्तदान उत्प्रेरणा सम्बन्धी अभिमुखीकरण कार्यक्रम” सञ्चालन गरिएको थियो।
कार्यक्रमको उद्देश्य रक्तदानको महत्त्व, स्वास्थ्यमा पर्ने सकारात्मक प्रभाव, तथा रक्तदानको आवश्यकताबारे विद्यार्थीहरूमा जागरुकता फैलाउने रहेको छ। अभिमुखीकरण कार्यक्रममा विशेषज्ञहरूले रक्तदानसँग सम्बन्धित भ्रान्तिहरू हटाउने, रक्तदानका फाइदाबारे जानकारी दिने तथा स्वैच्छिक रक्तदानको संस्कृति प्रवर्द्धन गर्ने विषयमा प्रशिक्षण दिएका थिए।
आयोजक संस्थाहरूले माघ २२ गतेको रक्तदान कार्यक्रममा विद्यार्थी, शिक्षक, कर्मचारी तथा स्थानीय समुदायको उत्साहजनक सहभागिताका लागि अपिल गरेका छन्।