नगरकोटमा गुणस्तरीय सेवा र फुड सेफ्टीसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

17

नगरकोट— नगरकोट भ्रमण वर्ष २०८२ लाई लक्षित गरी नगरकोटस्थित होटल, रेस्टुरेन्ट व्यवसायी र मजदुरहरूलाई गुणस्तरीय सेवा तथा खाद्य सुरक्षासम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ।

नगरकोट आउने पर्यटकहरूलाई सुरक्षित तथा उच्चस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा होटल तथा रेस्टुरेन्ट सञ्चालक, किचन स्टाफ तथा सेवाकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो।
कृषि तथा पशुपन्धी विकास मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्ण विभागको आयोजना नाल्दुम पर्यटन विकास समिति नगरकोटको सह आयोजनामा उक्त कार्यक्रम भएको हो ।
अभिमुखिकरण कार्यक्रममा खाद्य सुरक्षा, सरसफाइ, ग्राहक सेवा, तथा पर्यटन प्रवर्द्धनका विषयमा विशेषज्ञहरूले प्रशिक्षण प्रदान गरे। सहभागीहरूले कार्यक्रमबाट महत्त्वपूर्ण जानकारी तथा व्यावहारिक सीप सिक्न पाएको प्रतिक्रिया दिएका छन्।

नगरकोट पर्यटन व्यवसायी संघको आयोजनामा सम्पन्न सो कार्यक्रमले नगरकोटलाई पर्यटकहरूका लागि अझ सुरक्षित तथा आकर्षक गन्तव्य बनाउन योगदान पुग्ने विश्वास गरिएको छ।