दुलाल बन्धु सेवा समाजका भक्तपुरको अध्यक्षमा शिवहरि 

30

भक्तपुर । दुलाल बन्धु सेवा समाजको तेस्रो अधिवेशनबाट जिल्ला अध्यक्षमा  शिवहरि दुलाल निर्विरोध निर्वाचित हुनुभएको छ ।

चाँगुनारायण नगरपालिका वडा नम्बर ८ स्थित राधाकृष्ण मन्दिर प्राङ्गणमा भएको अधिवेशनबाट शिवहरि दुलालको नेतृत्वमा १३ सदस्य जिल्ला कमिटी निर्विरोध निर्वाचित भएको हो ।

अधिवेशनबाट अध्यक्षमा शिवहरि दुलाल निर्विरोध निर्वाचित हुँदा उपाध्यक्षमा गणेश दुलाल, सचिवमा लोकप्रसाद दुलाल, कोषाध्यक्षमा जयराम दुलाल , सदस्यहरूमा नीराजन दुलाल, राजन दुलाल, मधु दुलाल,  लक्ष्मी दुलाल, प्रदीप दुलाल, रञ्जन दुलाल, ईश्वर दुलाल र लक्ष्मण प्रसाद दुलाल निर्वाचित हुनुभएको थियो ।

दुलाल बन्धु सेवा समाज बागमती प्रदेशका अध्यक्ष जयराम दुलालको प्रमुख आतिथ्ययतामा सम्पन्न भएको उक्त कार्यक्रममा बागमती प्रदेशका पदाधिकारीहरू तथा सदस्यहरू विभिन्न जिल्लाका अध्यक्षहरू साथै समाजसेवी तथा ज्येष्ठ नागरिक खालनाथ दुलाल, गणेश प्रसाद दुलाल लगायत ज्येष्ठ नागरिकहरू चाँगुनारायण नगरपालिका वडा नम्बर ८ का वडा सदस्य प्रह्लाद दुलाल लगायतका महानुभावहरूको उपस्थिति रहेको थियो ।