काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रभित्र महत्वपूर्ण ऐतिहासिक तथा धार्मिक क्षेत्र रहेका छन् । आन्तरिक र बाह्रय पर्यटकको प्रचुुर संभावना रहेको यस नगरपालिकामा कागेश्वरी महादेव मन्दिर, नवतनधाम, चम्पक विनायक मन्दिर, काष्ठभैरव मन्दिर, सिमतिर्थ, गीता मन्दिर, तेजविनायक गणेश मन्दिर रहेका छन् । त्यस्तै
सिद्धकाली मन्दिर, महाँकाल भैरव मन्दिर, कोल्मतेश्वर, थली बालकुमारी मन्दिर साथै अन्य देवी–देवता, गुम्बाहरु जस्ता स्थलहरु रहेको कागेश्वरी मनोहरा नगरपालिकाले जनाएको छ ।
त्यसै गरी यस नगरपालिका अन्तर्गत पर्ने मुख्य नदीहरु बाग्मती र मनोहरा रहेका छन् भने सोको अलवा साना खोलाहरु वासुकी, झरुवा, ढकाल, कागेश्वरी, महादेव लगायत नियमित पानीको वहाव रहने अन्य साना खोल्सा खोल्सीहरु समेत रहेका छन् । यिनै धार्मिक तथा पर्यटकीय क्षेत्रको सम्बद्र्धन गर्दै प्रचारप्रसारको माध्यमबाट नगरपालिकाले फागुन ७ गते नगरपालिकाले वृहत्त ‘कागेश्वरी मनोहरा पर्यटन महोत्सव’ आयोजना गर्दैछ ।
नगरपालिका वडा नं. १ का वडाध्यक्ष मकुन्द गजुुरेलले कागेश्वरी मनोहरा नगरपालिका काठमाडौँ उपत्यकाको नव पर्यटकीय गन्तव्यको केन्द्र बन्दै गएको भन्दै उक्त पर्यटकीय क्षेत्रको थप प्रचारप्रसार गर्न पर्यटन महोत्सव आयोजना गर्न लागिएको बताउनुुभयो । उक्त महोत्सवमा सक्रियरुपमा सहभागिता जनाउन उहाँले आमरुपमा सबैलाई आग्रह समेत गर्नुभयो ।
स्थानीय उत्पादनको थप प्रचारप्रसास गरी नगरपालिका क्षेत्रमा भएका धार्मिक, पर्यटकीय तथा साँस्कृतिक सम्पदाको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको हो ।
नगरपालिकाले समृद्धि कागेश्वरी निर्माण गर्न स्थानीय कला साँस्कृतिक पर्यटन प्रबद्र्धन गर्न महोत्सव अआयोजना गर्न लागेको कागेश्वरी मनोहरा नगरपालिकाले जनाएको छ ।