मध्यपुरमा दुई दिने नि:शुल्क स्वास्थ सेवाको शुभारम्भ

41

निशा कुस्मा
भक्तपुर । मध्यपुर थिमी नगरपालिकाले जेष्ठ नागरिक तथा महिला स्वास्थ र गर्भवती महिलाहरुको नि:शुल्क स्वास्थ सेवाको शुभारम्भ गरेको छ । नगरपालिकाले ६० बर्ष भन्दा माथिका जेष्ठ नागरिक तथा महिला स्वास्थ र गर्भवती महिलाहरुको बिमा मार्फत नि:शुल्क स्वास्थ सेवाको औपचारिक शुभारम्भ आज गरेको हो ।
सो सेवाको शुभारम्भ आज वडा नं ६ बाट गरेको छ । नेपाल कोरियामैत्री नगर अस्पतालले यो सेवा महिनाको २ दिन नगरको सबै वडामा संचालन गरिने जनाइएको छ । साथै अशक्त तथा अपाङ्गता भएका बिरामी लाई घर उपचार सेवा पनि सञ्चालन हुने नगरपलिकाले जानकारी दिएको हो ।
नगरपालिका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले स्वस्थ्य परिक्षण गरेको रिपोर्ट मात्र देखाउन घण्टाै लामबद्द भएर बस्नुपर्ने समस्यालाई, गर्भवती महिलाहरु जोखिम मोलेर मोटरसाइकलमा अस्पताल आइ स्वस्थ्य परिक्षण गराउने समस्याहरु न्यूनीकरण गर्न सकिने बताउनुभयो । उहाँले स्वस्थ्य उपचारका लागि ल्याबमा परिक्षण गराइएका नतिजा (ल्याब टेस्टका रिपोर्ट) मोबाइलमा उपलब्ध गराउने वातावरण सृजना गरिसकेको जानकारी गराउनु भयो ।
नगरपालिकाका उपप्रमुख बिजयकृष्ण श्रेष्ठले सुगर, प्रेसर जस्ता दीर्घ रोगका बिरामीहरु धेरै समय खर्चेर आफ्नो उपचार गर्न पालो कुर्नु पर्ने अवस्थाको अन्त्य गर्न जेष्ठ नागरिक तथा महिला स्वास्थ र गर्भवती महिलाहरुको नि:शुल्क स्वास्थ सेवा संचालनमा ल्याएको जनाउनुभयो । उहाँले यो कार्यक्रमबाट रोग लाग्नु अगावै नै रोगको पहिचान गर्न मद्दत पुग्ने बताउनुभयो ।
नेपाल कोरियामैत्री नगर अस्पतालका प्रमुख डा.दिपेन्द्र कुमार रौशनले यस अस्पताल रिफर सेन्टरको रुपमा विकस भएको जिकिर गर्नुभयो । उहाँले स्वस्थ्य सबैको अधिकार हो र यो अधिकारलाई घरघरमा किन नपुर्‍याउने त भन्ने हेतुले “जेष्ठ नागरिक तथा महिला स्वास्थ र गर्भवती महिलाहरुको नि:शुल्क स्वास्थ सेवा” कार्यक्रमलाई संचालनमा ल्याइएको तर्क राख्नुभयो ।
घरघर पुगेर यो कार्यक्रम संचालन गर्दा स्वास्थ्य सेवा दिनु पनि र उहाँहरु आशीर्वाद लिनु दुबै कार्य हुने प्रमुख डा. रौशनको भनाइ छ । अस्पतालका प्रमुख डा.रौशनले अस्पतालले जस्तोसुकै प्रगती गरे पनि स्वास्थ्य सेवामा स्तर उन्नति गरे पनि प्रचारप्रसार कमी भएको गुनसो पोख्नुभयो ।