के नेमकिपाले ५० वर्ष पछि नयाँ नेतृत्व पाउला त ?

107

भक्तपुर । आजदेखि नेपाल मजदुर किसान पार्टी ९नेमकिपा०को आठौं महाधिवेशन सुरू हुँदैछ । महाधिवेशन फागनु १९ गतेसम्म चल्ने बताइएको छ । महाधिवेशनका लागि काठमाडौं, भक्तपुर, ललितपुरसहित सातै प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधि, पर्यवेक्षक र कार्यकर्ताको सहभागिता रहने नेमकिपाले जानाएको छ ।

अध्यक्ष नारायणमान विजुक्छेँ रोहितको नेतृत्वमा २०३१ माघ साल १० गते नेपाल मजदुर किसान पार्टीको स्थापना भएको हो । पार्टीको पहिलो महाधिवेशन २०४७ सालमा भैरहवामा भएको थियो । पार्टीको सातौं महाधिवेशनसम्ममा पार्टी संस्थापक अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)लाई नै सर्वसम्मत अध्यक्ष चुन्दै आएको छ ।

विगत ५० वर्ष देखि नेतृत्व एकै नेताको नेतृत्वमा चल्दै आएको नेपाल मजदुर किसान पार्टीले यो पटकको महाधिवेशनबाट नयाँ नेतृत्व पाउला त भन्ने सबैको चासोको विषय रहँदै आएको छ ।
लामो समय सम्म नेतृत्व गर्न सक्ने नेताको अभावका कारण विजुक्छेंले नै सम्हाल्दै आएको विरासत अव कसको काँधमाजाने हो यो आठौं महाधिवेशनले तय गर्ने छ।

यो पटक पनि नेमकिपाको नेतृत्व गर्ने सक्ने नेता नभएका कारण विजुक्छें नै अध्यक्षमा आउने संभावनमा बढि भएको नेमकिपाका जानकारहरु बताउँछन् ।

आफूले लामो समय सम्म संसदिय निर्वाचन क्षेत्र विजय हुँदै आएको भक्तपुर क्षेत्र नम्वर १ हाल विजुक्छेंले प्रेम सुवाललाई अगाडी बढाउँदै छोडे जस्तै उनले आफ्नो अध्यक्षताका लागि भने योग्य नेता पाउन नसकेको राजनीतिक विषलेशकहरु बताउँछन् ।

यसअघिको सातौँ महाधविशेनले बिजुक्छेको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो । जसमा २३ केन्द्रीय र दुई जना वैकल्पिक केन्द्रीय सदस्य थिए ।