सल्लाघारी कन्सर्टमा प्रतिनिधिसभा सदस्य दुर्लभ थापा र प्रदेशसभा सदस्य सुरेश श्रेष्ठलाई गायक सुशान्त केसीको विशेष निमन्त्रण

402

भक्तपुर।  चर्चित गायक सुशान्त केसी द्वारा आयोजित सल्लाघारी कन्सर्ट मा प्रतिनिधिसभा सदस्य दुर्लभ थापा र बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठलाई विशेष अतिथिको रूपमा निमन्त्रणा गरिएको छ।

गायक केसीको प्रत्यक्ष प्रस्तुतिको मज्जा लिन हजारौं दर्शक भेला हुने अपेक्षा गरिएको यस कन्सर्टमा, स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति पनि रहने भएको छ। कार्यक्रमलाई अझ विशेष बनाउन थापा र श्रेष्ठलाई निम्तो दिइएको आयोजक पक्षले जनाएको छ।

सल्लाघारी कन्सर्ट ले नेपाली संगीतप्रेमीहरूलाई उत्कृष्ट सांगीतिक अनुभव प्रदान गर्ने विश्वास गरिएको छ। गायक केसीले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछन्, जसले दर्शकहरूलाई भरपूर मनोरञ्जन दिनेछ।

कार्यक्रम सफलताको लागि प्रतिनिधि सभा सदस्य दुर्लभ थापा र प्रदेससभा सदस्य सुरेश श्रेष्ठले कार्यक्रम सफलताको शुभकामना समेत दिनु भएको थियो ।