मेरो उम्मेदवारी केवल पदका लागि होइन, विद्यार्थीको अधिकार सशक्त उठाउने प्रतिबद्धता हो: पुकार पराजुली  

65

भक्तपुर । स्ववियु निर्वाचनका लागि भक्तपुर क्याम्पसबाट उम्मेदवारी दिएका पुकार पराजुलीले आफ्नो उम्मेदवारी कुनै पद प्राप्त गर्ने उद्देश्यले नभई विद्यार्थी हकअधिकारको सशक्त वकालत गर्ने प्रतिबद्धतासहित घोषणा गरिएको बताएका छन्।

सभापतिका उम्मेदवार पराजुलीले क्याम्पसका विद्यार्थीहरूका शैक्षिक गुणस्तर सुधार, उचित पूर्वाधार, पारदर्शी प्रशासनिक प्रक्रिया लगायतका विषयमा आवाज उठाउने बताएका छन्।

विद्यार्थीहरूका हकअधिकार रक्षा गर्नु नै मेरो प्रमुख लक्ष्य हो। नेतृत्व केवल पद होइन, जिम्मेवारी हो। म विद्यार्थीहरूका समस्याहरूको समाधानका लागि क्रियाशील रहनेछु, पराजुलीले भने।

स्ववियु निर्वाचनको अन्तर्गत भक्तपुर क्याम्पसमा नेविसंघ र अनेराश्ववियूको संयुक्त प्यानल निर्वाचनमा होमिएको छ ।

सभापतिमा पुकार पराजुली सचिवमा सौगात घिमिरे, कोषाध्यक्षमा अस्मिता खनाल, सदस्यहरूमा एलिस धौवञ्जार, ममता आचार्य ,अभिषेक दाहाल , अनिश थापा, नवीन शर्मा,

रविन तामाङ,  बिजिता ओझा,  विजय खड्काको उम्मेदवारी रहेको छ । स्ववियु निर्वाचनको माहोल तातेका बेला, नेविसंघ अनेरास्ववियू गठबन्धनको उम्मेदवारी विद्यार्थी समुदायको ध्यान आकर्षण गरेको छ ।