सरस्वती खेलका वालवालिकालाई कम्प्युटर तालिम

779

भक्तपुर । चाँगुनारायण नगरपालिकाको सहयोगमा सरस्वती खेलका २० वालवालिकालाई कम्प्युटर तालिम दिईएको छ । सामाजिक मामिलाका लागि सहभागितामुलक प्रयास -पेसा- नेपालको आयोजनामा चाँगुनारायण नगरपालिका वडा नं १ सरस्वती खेलका बालवालिकालाई ३० दिने कम्प्युटर तालिम दिईएको हो । निम्न आय भएका वालवालिकाको पहुँचमा पनि कम्प्युटर होस भन्ने हेतुले आफ्नो संस्थाले ९ वर्ष देखि १६ वर्ष सम्मका बालवालिकालाई ३० दिने बेसिक तालिम दिएको संस्थाको अध्यक्ष – दिलकुमार अवालले जानकारी दिनुभयो । कार्यक्रमको उद्घाटन जननिर्वाचित वडा अध्यक्ष राजेश खड्काले गर्नुभएको थियो ।