भक्तपुर । विस्का जात्राको चौथो दिन आइतबार भैरवनाथको रथ तान्ने क्रममा भएको दुःखद घटनामा एक युवाको ज्यान गएको छ।
प्रहरीका अनुसार, भक्तपुर नगरपालिका–४ निवासी ३६ वर्षीय सुशिल तमखूको भैरवनाथको रथको पाङ्ग्राले किचेर मृत्यु भएको हो।
घटना ग:हिटीबाट भेलुखेलतर्फ रथ लैजाने क्रममा भएको हो। रथ योसिङखेल पुर्याउने क्रममा उनी लडेका थिए र त्यस क्रममा पाङ्ग्राले किचेर ज्यान गएको बताइएको छ।
घटनापछि जात्रामा सहभागी स्थानीय तथा सुरक्षाकर्मीहरू स्तब्ध भएका थिए। विस्का जात्रा भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको चाड हो, जहाँ भैरवनाथको विशाल रथ तान्ने परम्परा वर्षौंदेखि चल्दै आएको छ।
स्थानीय प्रशासनले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।