चाँगुनारायण नगरपालिकाको घरदैलो सेवा – व्यवसाय दर्ता तथा नविकरण अभियान सुरु

28

भक्तपुर । चाँगुनारायण नगरपालिकाले व्यवसाय दर्ता तथा नविकरण अभियान अन्तर्गत घरदैलोमै सेवा प्रदान गरिरहेको छ। यस अभियानको उद्देश्य नगरभित्र सञ्चालनमा रहेका सम्पूर्ण व्यवसायहरूलाई दर्ता तथा नविकरण प्रक्रियामा सहभागी गराउनु रहेको नगरपालिकाले जानकारी दिएको छ ।

नगरपालिकाको टोली नगर भित्रका वडा वडा तथा टोल टोलमा आई सेवा दिइरहेको छ। व्यवसाय दर्ता तथा नविकरण नगराउँदा कानुनी कारबाहीको भागीदार बन्नु पर्ने हुनाले सबै व्यवसायी महानुभावहरूलाई यथाशीघ्र दर्ता तथा नविकरण प्रक्रियामा सहभागी हुन नगरपालिकाले अनुरोध समेत गरेको छ ।
साना व्यवसायीहरुलाई सेवा दिने उद्देश्यका साथ नगरपालिकाले टोल टोलमा उक्त सेवा दिन लागेको चाँगुनारायण नगरपालिकाले जानकारी दिएको छ ।
तपाईंको व्यवसाय कानुनी रूपमा सुनिश्चित गर्नुहोस्। दण्ड जरिवानाबाट बाँच्नुस भन्दै नगरपालिकाले टोल टोलमा उक्त सेवा दिन लागेको हो ।
चाँगुनारायण नगरपालिकाले जनतासँगै – सेवा तपाईंको दैलोमै भन्दै उक्त सेवाका साथमा अन्य सेवा पनि प्रदान गर्दै आएको छ ।