Home निर्वाचन गिनीज बुकमा नाम लेखाउने ब्रह्मानन्दमसँग कति छ सम्पत्ति?

गिनीज बुकमा नाम लेखाउने ब्रह्मानन्दमसँग कति छ सम्पत्ति?

724

बलिउड कमेडियन कलाकार ब्रह्मानन्दमले एक हजारभन्दा बढी फिल्म खेलेर गिनीज बुक अफ रेकर्डस्मा नाम लेखाइसकेका छन्। सन् २००९ मा उनलाई भारत सरकारले पद्म श्री पदकबाट सम्मान पनि गरिसकेको छ। उनको पूरा नाम ब्रह्मानन्दम कन्नेगान्टी हो र उनी सन् १९५६ फेब्रुअरी १ मा जन्मिएका हुन्।

उनले ‘मोद्दाबाइ’ नामको नाटकमा अभिनय गरिरहेको बेला तेलेगु निर्देशक जन्धयालाले पहिलोपटक देखेका थिए। उनको अभिनयबाट प्रभावित भएर जन्धयालाले ब्रह्मानन्दमलाई ‘चन्ताबाबाइ’ मा एक सानो भूमिका दिएका थिए। यसपछि ब्रह्मानन्दमले कहिले पछाडि फर्केर हेर्नुपरेन।

उनी धेरै फिल्ममा अभिनय गरे र सम्पत्ति पनि कमाए। भारतीय समाचारमाध्यमका अनुसार आज उनी ५१२ करोड रुपैयाँका मालिक हुन्।

उनीसँग अडी आर ८, अडी क्यू ७, मर्सिडिज बेन्ज र इनोभा जस्ता महँगा गाडी छन्। यसबाहेक उनीसँग करोडौं रुपैयाँको जग्गा र हैदरावाद नजिकै जुब्ली हिलसमा एक भव्य बंगला पनि छ। उनले एक फिल्ममा काम गरेवापत करिब १ करोड भारु लिन्छन्।