बर्दियामा २१ किलोभन्दा बढी अफिमसहित दुई जना पक्राउ

31

गुलरिया (बर्दिया) — बर्दियाको बाँसगढी नगरपालिका–१ स्थित चेपाङ क्षेत्रबाट आइतबार साँझ २१ किलो ५६७ ग्राम अफिमसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा नलगाड नगरपालिका–७, जाजरकोटका ३७ वर्षीय भक्तबहादुर शाही र राप्ती नगरपालिका–११, चितवनका २७ वर्षीय कुमार वाईबा रहेका छन्।

उनीहरू लु. ८० प. १४६७ नम्बरको मोटरसाइकलमा जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गर्दा चेकजाँचका क्रममा २२ वटा पोका बनाइएको अफिमसहित फेला परेका हुन्।

प्रहरीले अफिमसहित दुबै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि जिल्ला अदालत बर्दियामा उपस्थित गराएको छ। अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी चक्रबहादुर डमरपालले जानकारी दिनुभयो।