प्रदेश सभाको अधिवेशन आह्वान

25

हेटौँडा। बागमती प्रदेश सभाको सोह्रौँ अधिवेशन आह्वान गरिएको छ। आगामी जेठ ५ गते सोमबारका लागि अधिवेशन आह्वान गरिएको हो।

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको सोह्रौँ अधिवेशन आह्वान गर्नुभएको छ। बजेट अधिवेशनका रूपमा प्रदेश सभाको सोह्रौँ अधिवेशन आह्वान गरिएको हो।

बागमती प्रदेश सरकारको वैशाख २३ गतेको मन्त्री परिषद् बैठकले बागमती प्रदेका प्रदेश प्रमुखसमक्ष बागमती प्रदेश सभाको सोह्रौँ अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो।