पत्रकार फणिदेव महतको निधन

11


काठमाडौं। लामो समयदेखि ब्रेन ट्युमरबाट पीडित वरिष्ठ पत्रकार फणिदेव महतको निधन भएको छ।

रौतहटको चन्द्रनिगाहपुर निवासी महतको मंगलबार साँझ काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

महत प्रेस चौतारी नेपाल मधेस प्रदेशका निवर्तमान अध्यक्ष हुन्। उनको निधनको जानकारी प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हीरामान लामाले दिएका छन्।

ब्रेन ट्युमरका कारण दीर्घकालीन उपचारमा रहेका महतले पछिल्लो समय स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अस्पतालमा भर्ना गरिएका थिए।