अनामनगरमा जुवा खेलिरहेको अवस्थामा १० जना पक्राउ

9

काठमाडौं — काठमाडौं महानगरपालिका–२९ अनामनगरस्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ। आइतबार दिउँसो विशेष सूचनाका आधारमा महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट नगद दुई लाख ५७ हजार ४ सय रुपैयाँ, ९ बुक तास र १० थान मोबाइल बरामद गरिएको छ।

सूचना अधिकारी एसपी अपीलराज बोहराका अनुसार पक्राउ परेकामाथि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप लिएर अनुसन्धान जारी छ।

पक्राउ पर्नेहरू दोलखा, रोल्पा, सिन्धुपाल्चोक, ओखलढुंगा, सोलुखुम्बु, बाजुरा लगायत विभिन्न जिल्लाका स्थायी बासिन्दा हुन् र काठमाडौंको विभिन्न क्षेत्रमा बसोबास गर्दै आएका थिए।

पक्राउ पर्नेहरूमा निम्न व्यक्ति रहेका छन्:

  • दोलखाका रामजी बस्नेत र किशोर सुनुवार

  • रोल्पाका देवानन्द डाँगी

  • सिन्धुपाल्चोकका ङावाङ दोर्जे शेर्पा

  • काठमाडौंका नरध्वज श्रेष्ठ र दावा शेर्पा

  • बाह्रबिसेका गौरी न्यौपाने

  • सोलुखुम्बुका साङ्गे शेर्पा

  • ओखलढुंगाका पवन कार्की

  • बाजुराका सागर ठकुरी

प्रहरीले जुवा नियन्त्रणमा सक्रियता बढाउँदै आएको जनाएको छ।