काठमाडौं । सार्वजनिक सवारी चल्ने गरी खुलाइएको काठमाडौं उपत्यकाका सडकमा दोस्रो दिन पनि खासै सवारी चलेनन् ।
निषेधाज्ञा खुकुलो भएपश्चातको पहिलो दिनको तुलनामा दोस्रो दिन सडकमा निकै भीडभाड देखिन्थ्यो भने सार्वजनिक यातायात निकै कम चले ।
भदौ २५ गतेबाट उपत्यकाका तिनवटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा निजी सवारी साधन सबै र १६ सिट भन्दा बढी क्षमताका सार्वजनिक सवारी साधन जोर बिजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्णय भएको थियो ।
काठमाडौंको पेप्सीकोला, जडिबुटी, कोटेश्वर, तीनकुने हुँदै बानेश्वरसम्म पुग्दा सडक निकै भिडभाड देखिए पनि सार्वजनिक यातायातका साधन भने निकै कम मात्रामा चलेका थिए ।
हेर्नुहोस् भिडियो: