काठमाडौँ । टोखा नगरपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लागि एक अर्ब ८० करोड रुपियाँको बजेट पारित गरेको छ । नगरपालिकाको उपप्रमुख मुरारी तामाङले सभामा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेट सभाबाट पारित गरिएको हो ।
नगर सभाले पारित बजेटमा चालु खर्चतर्फ ७७ करोड ८६ लाख ८६ हजार रुपिँया, अर्थात् ४३.२६ प्रतिशत, पूँजीगत खर्चतर्फ एक अर्ब दुुई करोड तीन लाख १४ हजार अर्थात् ५६.६८ प्रतिशत, र वित्तीय व्यवस्थातर्फ १० लाख अर्थात् ०.०६ प्रतिशत रकम विनियोजन गरिएको छ ।
बजेट कार्यान्वयनका लागि स्रोत व्यवस्थापन यथास्थितिमा आधारित छ । स्ङघीय सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरण तथा राजस्व बाँडफाँडबाट ५८ करोड ९० लाख २९ हजार, प्रदेश सरकारबाट १४ करोड ११ लाख ५३ हजार, घरजग्गा रजिष्ट्रेशन दस्तुरबाट २३ करोड, आन्तरिक तथा अन्य आयबाट ३५ करोड २३ लाख १८ हजार रुपियाँ जनसहभागिताबाट ७५ लाख रुपियाँ र चालु आर्थिक वर्षबाट बाँकी रहेको ४८ करोड बजेटमा समावेश गरिएको नगरपालिकाले सार्वजनिक गरिएको बजेटमा उल्लेख गरिएको छ ।
नगर प्रमुख प्रकाश अधिकारीले स्थानीय पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, वातावरणीय संरक्षण, दिगो विकास तथा नवप्रवर्तनमा आधारित रहेको स्पष्ट पार्नुभयो ।








































