पाको अस्पताल शिशु सेवा

631

भक्तपुर । वि.स. १९६१ असार १७ गते श्री चन्द्रलोक डिस्पेन्सरीबाट स्थापित भएको भएको भक्तपुर अस्पताल सेवामा भने शिशु अवस्था मै रहेको छ ।
भक्तपुर अस्पताल स्थापनाको उमेरले एक सय १२ वर्ष पुरा हुन केहि दिन मात्र छ । तर सेवाको हिसावले भने अस्पताल अझ पनि शिशुकै गतिमा वामे सरि रहेको छ । आफ्नै भौतिक पुर्वाधार भवन अनि ठुलो क्षेत्रफल जमिन भएको अस्पताल सेवाको हिसावमा शिशु नै अवस्थामा रहनु लाजमर्दो भएको अस्पतालकी मेडिकल सुपेरिटेन्ड सुधा देवकोटा वताउँछिन् ।
उनका अनुसार आफु आउनु भन्दा पहिला यहाँ अनेक किसिमका वेथिती भएको उल्लेख गर्दै उनी भन्छिन अस्पताल आज स म्म पनि शिशु अवस्थामा नै रहनुमा सरकारको हेलत्व र अस्पताल ब्यवस्थापनको कमजोरीको नमुना हो ।
हाजिर गरेर टाप कस्ने मानसिकता भएका कर्मचारी डाक्टर नर्स लगायतका अन्य कर्मचारीको वेथितिका कारण पनि अस्पताल विचित्रको भएको उनको भनाई थियो । सरकारले हाल सेवा विस्तारको कार्यक्रम ल्याएपनि भक्तपुर अस्पतालमा कार्यान्वयनमा ल्याउन भने महाभारत नै भएको उनको भनाई थियो ।
हाप्तामा दुई दिन अस्पाताल आएर पुरै तलव खाने डाक्टर अनि १२ बजे पछि सेवा वन्द हुने प्रवृत्तीलाई हटाउन आफुलाई हम्मे हम्मे नै परेको उनी वताउँछिन् । डाक्टरलाई दश वजे देखि कम्तीमा चार वजे सम्म दैनिक सेवा दिउँ भन्दा आफु र आफु निकटका कर्मचारीलाई सरुवाको धम्कि सम्म आएको उनी वताउँछीन ।
यसका वावजुत पनि बुढो अस्पताललाई शिशुवाट माथी उकास्न आफु निरन्तर प्रयासमा रहेको जनाउँदै उनले अस्पतालको सेवा विस्तारका क्रममा आफुहरुले अस्पतालकै आफ्नै फार्मेसी संचालन गरेको जानकारी दिईन । यसका साथै अस्पतालमा हाल २४ घण्टे सेवाका लागि डाक्टर नर्सको ब्यवस्था, विभिन्न कन्सल्टेन्ट डक्टरको ब्यवस्था पे क्लिनिक देखि सरसफाई नागरिक वडापत्र राख्ने तथा अडियो मार्फत सेवा ग्राहिलाई सेवाको विषयमा जानकारी दिने ११ बजे बन्द हुने टिकट हाल २ बजे सम्म वितरण गर्ने तथा विरामीलाई ४ बजे स म्म अन्तरंग सेवा प्रदान गदै आएको वताईन । यसका साथै भक्तपुर अस्पतालमा २४ सै घण्टा एक्स्रे ल्याव लगायतका सेवा पनि प्रदान गर्दै आएको उनले जानकारी दिईन ।
स्वास्थ्य मन्त्री फेरीपछि फेरीने अस्पताल विकाश समितिको अध्यक्षले ल्याएका योजना अर्को नियुक्ति भएपछि रोकिने रोगले ग्रसित भएका कारण यसको विकास हुन नसकेको सरोकारवाला वताउँछन् ।
गगन थापा स्वास्थ्य मन्त्री भएपछि आइसियु संचालनको लागि उनले गरेको प्रतिवद्धता हाल सम्म पनि पुरा हुन सकेको छैन । अव त झन नयाँ सरकार आयो नयाँ स्वास्थ्य मन्त्रि आउने होलान के पुरा हुनु र स मस्या । आइसियु संचालनका लागि विदेश देखि मगाईएको १ करोड ५० लाख मुल्य बराबरका सामाग्री प्रयोग विहिन भई खिया लाग्ने अवस्थामा रहेको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष प्रेम वहादुर खड्का वताउँछन् । अस्पतालमा अहिले पनि विभिन्न सेवाका लागि ल्याईएका १० करोड भन्दा वढिको सामान छ तर यसको ब्यवस्थापन एवं मानव संसाधन अनि संचालनमा देखिएका विभिन्न स मस्याका कारण सामान यतिकै थन्केको उनले जानकारी दिए ।
उनका अनुसार अस्पताललाई जानकारी नै नदिई कन माथिल्लो निकायले अस्पतालका डाक्टरको सरुवा गर्ने तर त्यसको फुलफिल भने नगर्ने स मस्याका कारण अस्पतालले केहि सेवा वन्द नै गर्ने अवस्थामा आफुहरु पुगेको गुनासो गरे ।
अस्पतालमा आवश्यक विषेशज्ञ डाक्टर नहुनु, विभिन्न उपकरण चलाउने जनशक्तिको अभाव, पानी, फोहोर व्यवस्थापन, पाकिङको समेत सहि व्यवस्थापन हुन सकिरहेको छैन् ।