भक्तपुर । भक्तपुरमा बढ्दो डेङ्गु संक्रमणको जोखिमलाई ध्यानमा राख्दै जनस्वास्थ्य कार्यालय भक्तपुरले लामखुट्टेका लार्भा खोज तथा नष्ट अभियान सुरु गरेको छ। उक्त अभियान मंगलबारदेखि औपचारिक रूपमा सुरु भएको जनाइएको छ।
जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्काका अनुसार अभियानको पहिलो चरण मध्यपुर ठिमी नगरपालिकाको निकोसेरा क्षेत्रबाट सुरु गरिएको हो। यहाँका कवाडी सङ्कलन केन्द्र, मोटरसाइकल वर्कशप, काठ गोडाम लगायत स्थानमा लामखुट्टेका लार्भा फेला पारिएको र ती नष्ट गरिएको जानकारी दिइएको छ।
पानी जम्ने स्थान: टायरका भित्री भाग, ड्रम, भाँडाहरू, खाल्डाखुल्डीहरू। प्राविधिक टोलीले सम्भावित लार्भा बासस्थान पहिचान गरी नष्ट गरिरहेको छ। निकोसेरा क्षेत्रलाई उच्च जोखिमयुक्त क्षेत्र मानी अभियान तीव्र बनाइएको हो।
प्रमुख खड्काका अनुसार: पुराना र घना बस्ती, जस्तै भक्तपुर नगरपालिका र मध्यपुर ठिमी, डेङ्गु प्रसारका संवेदनशील क्षेत्र हुन्। पानी पर्ने सिजन भएको कारणले लामखुट्टेले अण्डा फुलाउने अनुकूल वातावरण। विगतको अनुभव अनुसार हरेक ३ वर्षमा डेङ्गु संक्रमणको दर उच्च हुने । अहिलेसम्म भक्तपुरमा ३५ जनामा डेङ्गु संक्रमण पुष्टि।
जनस्वास्थ्य कार्यालयले स्थानिय बासिन्दा, विद्यालय, व्यवसायी र संघसंस्थाहरूलाई लामखुट्टे नियन्त्रणमा सहयोग गर्न आग्रह गरेको छ। विशेषतः घरआँगन, छाना, टायर वा पानी संकलन हुने स्थानमा नियमित सरसफाइ गर्न अनुरोध गरिएको छ।