यस वर्ष नाडा अटो शो नहुने

61

काठमाडौं । सवारीसाधनहरूको कुम्भमेला अर्थात् नाडा अटो शो २०७७ नहुने भएको छ । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हरेक वर्ष आयोजना हुने नाडा अटो शो ले यस वर्ष निरन्तरता नपाउने भएको हो । नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) ले प्रत्येक वर्ष आयोजना गर्ने नाडा अटो शो यस वर्ष कोरोना भाइरसका कारण नहुने लगभग निश्चित भएको छ । यातायात टाइम्ससंगको कुराकानीमा अटोमोबाइल व्यवसायीहरूको छाता संगठन नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) का अध्यक्ष कृष्णप्रसाद दुलालले यस वर्ष नाडा अटो शो हुने सम्भावना न्यून भएको जानकारी दिए ।

अध्यक्ष दुलालले भने “माघ फागुन तिर अवस्था सामान्य भयो भने बिचार गरौंला, अहिलेकै जस्तो अवस्था कायम भए यो वर्ष नाडा अटो शो हुँदैन । ”
सवारीको कुम्भ मेला भनेर चिनिने नाडा अटो शोमा दुई पाङ्ग्रे र ४ पाङ्ग्रे सावरीको अवलोकन गर्नेको भीड लाग्ने गर्दथ्यो । तर यस वर्ष कोरोना भाइरसका कारण नाडा अटो शो पनि प्रभावित बनेको हो ।