काठमाडौं । दिउँंसोको समय थियो । राजधानीको जमलमा दिउँसै बाकसमा शव भेटिएको छ । साउदी अरेवियामा रोजगारीको शिलशिलामा गएका एक यवक नाप तौल छातीमा पास्पोर्ट अनि नेम ट्याग टाँसिएको लाश भेटिएको हो ।
यो कनै सत्य घटना भने होइन । राष्ट्रिय नाचघर जमलमा देखाइएको लघु चलिचित्र सामानको परिदृष्यहो यो । विगत तीन दशकदेखि नेपाली रङ्गमञ्चमा क्रियाशील नाट्य संस्था, रङ्गसारथीले हालै निर्माण गरेको प्रयोगात्मक लघु चलचित्र सामान शनिबार देखिं देखाइएको छ । शनिबार एक दिनमात्रै तीन वटा शो देखाइएको थियो ।
‘सामान’कथाको संक्षिप्तकथासार – खाडी लगायतका मुलुकहरुबाट प्रायः हरेक दिन नेपालल्याइने शवबाक्स ९ऋयाष्ल० हरुकेन्द्रित थियो । विदेशी भूमिदेखि नेपाल ल्याउने सम्मको कानूनी, प्रसाशकीय प्रकृया विश्व मानव अधिकारको प्रचलित अभिसन्धीभित्र आजको मिति सम्म संयुक्त राष्ट्र संघबाट समेत सम्बोधन हुन नसक्नु लगायतका विषयमा चलचित्र केन्द्रित छ ।यसतर्फ नेपाल लगायतका अन्य देशका सरकारहरु समेत गम्भीर हुननसक्नु, खोज आश्चर्य र बिडम्बना रहेको नाटकमार्फत देखाइएको छ ।
विभिन्न कारण वश मृत्यू भई एकै ठाउँबाट अर्काे ठाउँमा कार्गाेबाट पु¥याईने शव बाक्स र त्यस भित्र रहेको मृत मानवशरीरलाई कुनै वस्तु सरहनै कार्गाे कम्पनी अनि एयरलाइन्सहरुले आफ्नो ढुवानी वस्तु सूचीमा राख्ने गरेकोतर्फ नाटकले ध्यानाकर्षण गराइएको छ ।
उल्लेखितआदि–इत्यादि विषयलाई समेटेर तयार गरिएको ‘सामान’निर्माणको मुख्य उद्देश्य ओझेलमा रहेको उक्तविषयलाई राष्ट्र संघ, मानव अधिकारवादी संघ–संस्थातथा नेपाल सरकार र अन्य देशका सरकारहरुको गम्भीर ध्यानाकर्षण गराई त्यसलाई सम्बोधनको प्रयास गर्ने रहेको नाटकका निर्देशक विजय विस्फोटले बताए । त्यस भित्र रहेका समस्या, चुनौतीबारे नयाँ विश्वव्यापी बहस शुरु गराउने नै नाटकको उद्देशय हो, निर्देशक विस्फोटले भने ।
नाटक ३२ मिनेटका छ । यसमा एक दर्जन कलाकारको भमिका रहेका छन् । आफले झण्डै दई दशक विताएको अभिनय प्रशिक्षण र अनुभव प्राप्त कलाकारहरुको सक्रिय, सहभागितामा लगभग १ वर्षको स्थलगत विषय अध्ययन पश्चात् रङ्गकर्मी बिजय विस्फोटले यसको कथा÷पटकथा÷निर्देशन गरेकाहुन् ।