परासी– नवलपरासीबाट स्थानीय तहको निर्वाचन प्रकृया विथोल्न खोज्ने ४० जनालाई पक्राउ गरेको छ । आइतबार बिहानमात्रै नौ जना पक्राउ परेका छन् । शनिबारबाटै शंकास्पद गतिविधि गर्नेलाई प्रहरीले नियन्त्रणमा लिन सुरु गरेको हो ।
मनोनयन दर्तामा अवरोध गर्ने शंकाका आधारमा प्रहरीले राजपाका केन्द्रीय सदस्य, जिल्ला नेतासहित ९ जनालाई पक्राउ गरेको हो । अहिलेसम्म जिल्लामा जिल्ला संयोजक पुरन चौधरी, राजापाका केन्द्रिय सदस्य एवं पुर्व शिक्षाराज्य मन्त्री गोविन्द्र चौधरी, राजपाका जिल्ला नेता हैदर अलिमोमिन, करम हुसैन लगयतलाई पक्राउ विभिन्न ईलाका प्रहरी कार्यालयमा राखेको छ ।
यसैवीच नवलपरासीमा राष्ट्रिय जनता पार्टीको बन्दका बावजुद पनि मनोनयन पत्र दर्ता भैरहेको छ । अधिकांश तहमा नेपाली कांग्रेस र नेकपा एमालेका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष पदका उम्मेदवारहरुको मनोनयन दर्ता पनि भैसकेको छ भने विभिन्न स—साना दल एवं स्वतन्त्र उम्मेदवारहरुको मनोनय दर्ता अझै जारी छ ।
नवलपरासीमा ३ नगरपालिका र ४ गाउँपालिका गरि ७ स्थानिय तहमो दोश्रो चरणको निर्वाचन हुदैछ ।