बाजुरा— स्थानिय तहको निर्वाचनको लागि मनोनयन दर्ता गर्न निर्वाचन कार्यालय जाने क्रममा झडप हुँदा आज एकजनाको मृत्यु भएको छ ।
जिल्लाको छेडेदह गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा एमाले कार्यकर्ता ५६ वर्षीय हंशबहादुर रावतको मृत्यु भएको प्रहरी नायव उपरीक्षक दलबहादुर बोगटीले जानकारी दिए ।
मनोनयन गर्न जाँदा दुवै पार्टीका कार्यकर्ताले नारा जुलुस गर्ने क्रममा झडप भएको बोगटीले बताए । गम्भीर घाइते भएका रावतलाई उपचारका लागि सदरमुकाम मार्तडी ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको हो ।
दुवै पक्षबीच ढुङ्गा हानाहान हुँदा २० जनाभन्दा बढी घाइते भएका छन् ।