बुढानीलकण्ठ नगरपालिकामा सुव्यवस्थित विकास हुँदै

10

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका र संरक्षण गठबन्धन नेपाल सिएएनबीच बुढानीलकण्ठ नगरपालिका र संरक्षण गठबन्धन नेपाल (एिएएन) बीच वातावरण संरक्षण, सुव्यवस्थित विकास योजना र प्रकृतिलाई क्षति नपुर्याई आर्थिक उन्नतिका विषयमा एक महत्वपूर्ण छलफल भएको छ ।
यस छलफलमा दुवै पक्षबीच प्रकृति संरक्षणका लागि साझा परियोजना, उचित र सुव्यवस्थित विकास योजना, शुद्ध र पर्याप्त पेयजलको व्यवस्था, र वातावरण संरक्षण योजनाका विषयमा गहन छलफल भएको थियो ।
छलफलको प्रमुख उद्देश्य बुढानीलकण्ठ नगरपालिका र सिएएनबीच वातावरण संरक्षण, प्रकृतिमय विकास, आर्थिक उन्नतिका लागि सहकार्य गर्ने रहेको थियो। साथै, वातावरण संरक्षणका लागि समाधान, पर्यटन र जनचेतना कार्यक्रमका बारेमा पनि नगरपालिका सुरुवाती दिनदेखि लागी परको जानकारी गरीएको छ ।
नगरपालिका तर्फबाट प्रमुख मिठाराम अधिकारीले नागरिक चेतनाको अभाव, सूक्ष्म व्यवस्थापनको कार्यान्वयनको अभाव भएको भन्दै भन्नुुभयो, “स्थानीयस्तरदेखि नै प्रदूषण नियन्त्रणको सुरुवात गर्नु अत्यन्त महत्वपूर्ण भूमिका खेल्छ। अब कम कुरा गरेर र कार्योन्मुख कार्यान्वयनमा ध्यान केन्द्रित गर्नुपर्छ र यो काम चाँडै नै सम्पन्न गरिनेछ ।”
बुढानीलकण्ठ नगरपालिका र सिएएनले नागरिक चेतना, सूक्ष्म जागरूकता, जलवायु परिवर्तन, पर्यटन, आपद व्यवस्थापन,प्रशासनिक कार्यविधिको उचित उपयोग, र भविष्यमा आवश्यक सहयोग जस्ता विषयहरूमा छलफल गरेका थिए ।
यस सहकार्यबाट नगरपालिकामा वातावरणीय संरक्षणलाई प्राथमिकतामा राख्दै टिकाऊ विकास र सामुदायिक जीवनस्तरमा सुधार ल्याउने आशा गरिएको छ ।
छलफलमा दुवै पक्षबीच प्रकृति संरक्षणका लागि साझा परियोजना, उचित र सुव्यवस्थित विकास योजना, शुद्ध र पर्याप्त पेयजलको व्यवस्था, र वातावरण संरक्षण योजनाका विषयमा व्यापक छलफल भएको हो ।
छलफलको प्रमुख उद्देश्य बुढानीलकण्ठ नगरपालिका र सिएएनबीच वातावरण संरक्षण, प्रकृतिमय विकास, र आर्थिक उन्नतिका लागि सहकार्य गर्ने रहेको थियो। साथै, वातावरण संरक्षणका लागि समाधान, पर्यटन र जनचेतना कार्यक्रमका बारेमा पनि नगरपालिका सुरुवाती दिनदेखि लागी परेको जानकारी गराइएको छ ।