एक सातादेखि उमेदवार बेपत्ता

433

इलाम । इलाम नगरपालिका–१२ का वडाध्यक्ष पदका उम्मेदवार नारायण राई बेपत्ता भएको एकसाता बिते पनि उनको अवस्था अझै अज्ञात छ ।

आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका राई आमसभा तयारीका सिलसिलामा गत शुक्रबार घरबाट निस्किएका थिए । त्यसपछि उनी अहिलेसम्म सम्पर्कविहीन रहेको माओवादी केन्द्र इलामका सचिवालय सदस्य जीवन शर्माले बताए ।
बेपत्ता राईको खोजी कार्यका लागि नेपाल प्रहरीलाई परिचालन गरिएको छ भने पार्टीले पनि वाइसिएललाई परिचालन गरिएको जनाएको छ । बेपत्ता भएपछि केन्द्रले उनको ठाउँमा सोममाया राईलाई उम्मेदवार बनाएको छ ।