विद्यालय शिक्षामा नै सिलाई वुनाई राख्नु पर्ने :थापामगर

1123

भक्तपुर । विद्यालय शिक्षामा नै सिलाई वुनाई लयायतका शिक्षा राख्नु पर्ने नेपाल मजदुर किसान पार्टीकी सभासद अनुराधा थापामगरले वताउनुभयो । युथ सोसाइटी फर सोसियल वेलफेयर(वाइएसएसडब्लु)को आयोजनामा १५६ घण्टे सिलाइ बुनाइ तथा व्यटिसियन प्रशिक्षणको सम्मान पत्र तथा प्रमाण पत्र वितरण कार्यक्रम वोल्दै उहाँले विद्यालय शिक्षामा नै आत्म निर्भरका शिप नराखे विदेशीने युवाको संख्यामा अझ वृद्दि हुने वताउनुभएको हो ।
थापामगरले महिलाहरु घरभित्र मात्र सिमित नरही देश विकासको कार्य तथा समाज रुपान्तरको क्षेत्रमा अगाडि बढ्न प्रशिक्षण कार्यक्रमले सघाउ पुग्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “हामीले सिकेका शिप आप्mनो लागि मात्र नभएर देश र समाजको हितमा प्रयोग गर्न सके प्राप्त ज्ञानले सार्थकता हुनेछ । हामीले सुन्दरताको नाममा शारीरिक सुन्दरता मात्र नभएर वौद्धिक सुन्दरतालाई बढी ध्यान दिन सक्नु पर्ने उहाँको जिकिर थियो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिका ६ वडाका नवनिर्वाचित वडाअध्यक्ष रामेश्वर ध्वँजूले वाइएसएसडब्लुसँग विगतमा आपूmले पनि व्यक्तिगत रुपमा सहकार्य गरेको अनुभव सुनाउँदै आगामी दिनमा आपूmले सकेको क्षेत्रबाट सक्दो सहयोग गर्ने र अरु अरु तालिमका लागि पनि आपूmले पहल गर्ने वाचा गर्नुभयो ।
वाइएसएसडब्लुका अध्यक्ष तुलसीकुमार त्वायनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विकासदेव लामा, हरिशरण बस्नेत, चन्द्रराज खड्का, सुमित्रा श्रेष्ठ, लक्ष्मी महर्जन, अन्जना नेपाली लगायतका अतिथि तथा प्रशिक्षकले पनि बोल्नुभएको थियो ।