भक्तपुरको मुनि बिहारमा क्षयरोग परिक्षण

981

भक्तपुर– भक्तपुरको इनाचोमा रहेको मुनि बिहारमा आज क्षयरोग परीक्षण गरिएको छ ।
डिआर तथा क्षयरोग सेवा कार्यक्रम अन्तर्गत विभिन्न समुदायमा क्षयरोग पत्ता लगाई उपचार गरिने उद्देश्यले संचालन गरिएको उक्त क्षयरोग परीक्षण कार्यक्रममा बिहारका महिला, पुरुष र बालबालिका गरी ८१ जना भन्तेहरुको खकार जा“च गरिएको थियो ।
परीक्षण स्थलमै खकार जा“च गरी रिपोर्ट दिने व्यवस्था गरिएको उक्त कार्यक्रममा विहारका कोही पनि भन्तेहरुमा पोजिटिभ केश नआएको आयोजक संस्थाले जानकारी दिनुभयो ।
राष्ट्रिय क्षयरोग केन्द्र र नेपाल क्षयरोग निवारण संस्था भक्तपुरको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा महिला स्वयंसेविकाहरुले घरदैलो खकार संकलन गरी ल्याएको मध्ये एक जनाको पोजेटिभ केश पत्ता लागेको कार्यक्रम संयोजक बाबुकाजी श्रेष्ठले बताउनुभयो । पत्ता लागेका पोजेटिभ केशलाई फाइनलको लागि राष्ट्रिय क्षयरोग केन्द्रमा पठाइने जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाका सभापति राम सिख्वः, सचिव राजेश्वरी शिल्पकार, सदस्य रवि श्रेष्ठ, रत्नलाल सांदलगायत प्राविधिक टोली सहित उपस्थिति रहेको थियो ।