उज्यालो नेपाल पार्टीले ललितपुर–३ मा डा. विजय पन्तलाई टिकट दियो

0

काठमाडौँ। उज्यालो नेपाल पार्टीले ललितपुर क्षेत्र नम्बर ३ बाट डा. विजय पन्तलाई प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनाएको छ।

सोमबार पार्टीका अध्यक्ष कुलमान घिसिङले पन्तलाई पार्टीका तर्फबाट टिकट प्रदान गरेका हुन्।

डा. पन्त उज्यालो नेपाल पार्टीका संस्थापक केन्द्रीय सदस्य हुन् र डा. गोविन्द केसीको चिकित्सा शिक्षा सुधार अभियानमा सक्रिय अभियन्ता हुन्। उनी ललितपुर धापाखेलका स्थानीय हुन्।

यस निर्वाचन क्षेत्रमा यसअघि रास्वपाकी डा. तोसिमा कार्की निर्वाचित भएकी थिइन्।