जुम्ला। नेपाली कांग्रेसले जुम्लाबाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि दीपबहादुर शाहीलाई उम्मेदवार बनाएको छ।
२१ फागुनमा हुने निर्वाचनका लागि शाहीलाई टिकट दिने निर्णय सोमबार बसेको कांग्रेस संसदीय बोर्डले गरेको हो।
नेपाली कांग्रेस जुम्लाका सचिव अर्जुनसिंह कठायतका अनुसार शाहीको उम्मेदवारी पुष्टि भएको छ। यसअघि जिल्ला सभापति कर्णबहादुर शाही र कान्तिका सेजुवालमध्ये कसले टिकट पाउने भन्ने चर्चा चलिरहेको थियो।








































