बुढानीलकण्ठ। बुढानीलकण्ठ नगरपालिकाले “बुढानीलकण्ठ सडक खाना महोत्सव” को समीक्षा तथा प्रमाण–पत्र वितरण गरेको छ । आइतबार बुढानीलकण्ठ नगरपालिका हलमा सम्पन्न भएको हाृ
सो अवसरमा कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, उप–प्रमुख अनिता लामा र प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा महोत्सवको समग्र उपलब्धि र व्यवस्थापन पक्षको समीक्षा गर्दै सहभागी व्यवसायीहरूसँग अनुभव आदान–प्रदान गरिएको थियो।समीक्षा कार्यक्रममा जानकारी गराइएअनुसार महोत्सव अवधिमा सहभागी स्टलहरूबाट करिब १ लाखदेखि ३ लाख रुपैयाँसम्मको व्यापार भएको थियो। यसले स्थानीय उद्यमशीलता प्रवद्र्धन, स्वरोजगार सिर्जना तथा बुढानीलकण्ठको पहिचान र पर्यटन प्रवद्र्धनमा महोत्सवले सकारात्मक योगदान पु¥याएको सहभागीहरूको भनाइ थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख मिठाराम अधिकारीले महोत्सव सफल बनाउन सहयोग पु¥याउने सबै स्टल व्यवसायी, आयोजक टोली, कर्मचारी तथा सरोकारवालाहरूलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले यस्ता कार्यक्रमहरूले स्थानीय स्वाद, संस्कृति र व्यवसायलाई प्रवद्र्धन गर्ने भएकाले आगामी दिनमा अझ व्यवस्थित रूपमा निरन्तरता दिइने बताउनुभयो। उप–प्रमुख अनिता लामाले पनि महोत्सवमा सहभागी व्यवसायीहरूको सक्रियता र उत्साहको प्रशंसा गर्दै कार्यक्रम सफल बनाउन योगदान दिने सबैप्रति आभार प्रकट गर्नुभयो। उहाँले भविष्यमा व्यवसायीहरूको सुझावलाई समेट्दै कार्यक्रमलाई अझ प्रभावकारी बनाइने उल्लेख गर्नुभयो ।
यसैगरी प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले महोत्सव सफल बनाउन संलग्न सबै पक्षप्रति धन्यवाद व्यक्त गर्दै स्टल व्यवसायीहरूले दिएका सल्लाह र सुझावहरू आगामी कार्यक्रमहरूमा उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागी स्टल व्यवसायीहरूले महोत्सवप्रति खुशी व्यक्त गर्दै व्यवस्थापन, समयावधि, सरसफाइ तथा प्रचार–प्रसारका विषयमा महत्वपूर्ण सल्लाह र सुझावहरू प्रस्तुत गरेका थिए। कार्यक्रमको अन्त्यमा महोत्सवमा सहभागी व्यवसायीहरूलाई प्रमाण–पत्र वितरण गरिएको थियो। बुढानीलकण्ठ नगरपालिकाले स्थानीय अर्थतन्त्र सुदृढीकरण तथा पर्यटन प्रवद्र्धनका लागि यस्ता रचनात्मक कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।









































