काठमाडौं । भारतीय मोडल पूनम पाण्डेले आफ्नो प्रेमी स्याम बम्बेसँग विवाह गरेकी छिन् । पूनमले आफ्नो इन्स्टाग्राममा विवाहका केही तस्बिर पोस्ट गरेकी छिन् । पोस्ट गरिएका तस्बिरले पूनमले लेहेंगा लगाएकी छिन् भने स्यामले शेरवानी लगाएका छन् ।
पुनमले तस्बिर पोस्ट गर्दै लेखेकी छिन्, ‘यहाँबाट म तपाईंसँग सात जन्मको आशा गर्दछु ।’
स्याम र पूनमले जुलाईमा इन्गेजमेन्ट गरेका थिए ।