८० कटेका उम्मेदवार जताततै पराजित

416

काठमाडौं । ८० कटेका उम्मेदवार सबैभन्दा धेरै राष्ट्रिय प्रजातन्त्र पार्टीका छन् । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा राप्रपाका १९ उम्मेदवार ८० कटेका छन् । बझाङको दुर्गाथली गाउँपालिका–३ बाट वडाध्यक्षमा उम्मेदवार भएका कांग्रेसका ९८ वर्षीय विष्णुबहादुर रावल सबैभन्दा ज्येष्ठ उम्मेदवार हुन् । उनले निर्वाचनमा २० मत मात्रै पाए ।

८० कटेका ४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए भने एकजना एमालेका उम्मेदवार थिए । अन्य ज्येष्ठ उम्मेदवार कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी, फोरमलगायतबाट छन् । अधिकांश ज्येष्ठ उम्मेदवारले सयभन्दा कम मत पाएका छन् ।

 

रुपन्देहीको मायादेवी गाउँपालिका–१ बाट दलित महिला सदस्यमा राप्रपाकी ८२ वर्षीया कोइली चमार तीन मतान्तरले विजयी भइन् । उनले ४५७ मत प्राप्त गरिन् । त्यस्तै बाँकेको जानकी गाउँपालिका–२ बाट दलित महिला सदस्यमा माओवादी केन्द्रकी ८० वर्षीय उम्मेदवार कानी चमार ९१ मतले विजयी भइन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।