वर्षापछि पहिरोका कारण कहाँ कहाँ सडक अवरुद्ध ?

402

काठमाडौं । देशभर परेको अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो जाँदा राजमार्गहरु अवरुद्ध भएका छन् ।

वर्षापछिको पहिरोका कारण रसुवाको गोसाईकुण्ड गाँउपालिका ६ मुलखर्कमा पहिरो जाँदा रसुवागडी– टिमुरे र नुवाकोट आउने सवारी साधन चल्न सकेका छैनन् ।
सोमबार बिहान ७ बजे खसेको पहिरोले सडक छोपेको छ, नुवाकोटबाट रसुवा  तथा रसुवाबाट नुवाकोट आउन लागेका सवारी  साधन बाटोमै अलपत्र परेका छन् ।
त्यसैगरी नुवाकोटको ककनी गाँउपालीका ४ को छहरे डाँडामा आज बिहान पहिरो गएको छ । जसका कारण काठमाडौंबाट नुवाकोट जाने सवारी साधनहरु रोखिएका छन् ।

त्यस्तै मकवानपुरको ईन्द्रेश्वर गाँउपालीका ३ थिचडाँडामा पनि पहिरो गएको छ । सोमबार बिहान ७ बजे पहिरो गएपछि मकवानपुरबाट काठमाडौं आउदै गरेका सवारीसाधन सिस्नेरीमा राखिएका छन् ।
त्यसैगरी पाल्पाको माथागडी गाँउपालिका १ मा पहिरो जाँदा आर्यभन्ज्याङ –रामपुर चल्ने सवारी साधनहरु रोकिएका छन् ।