काठमाडौं । चुक्ता पुँजी बढाउन जनता बैंक र सिद्धार्थ डेभलमेन्ट बैंक एकआपसमा गाभिएका छन् ।
आउँदो शुक्रबारदेखि दुई संस्था गाभिएर जनता बैंकको नाममा एकीकृत रुपमा बैंकिङ कारोबार गर्ने भएका छन् ।
नियामक नेपाल राष्ट्र बैंकले गाभिन अनुमति दिएपछि दुबै बैंकले एकिकृत रुपमा बैंकिङ कारोबार गर्न लागेका हुन् । जनताले चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउन त्रिवेणी विकास बैंकलाई गाभिसकेको छ ।