लागू पदार्थ दुब्र्यसन नियन्त्रणमा समूदायको भूमिका महत्वपूर्ण  

625

नेपालमा हाल कडा लागू पदार्थ सेवन गर्नेहरुको संख्या एक लाखको हाराहारीमा रहेको जानकारी गराइएको छ ।

ताम्रकार समाजवाट आयोजित ‘लागू पदार्थ दुब्र्यसन विरुद्ध अभिमुखिकरण’ कार्यक्रममा उक्त तथ्याङक गरिएका हुन् ।

उक्त कार्यक्रममा दुब्र्यसनीहरुको संख्या १०% दरले वृद्धि भइरहेको तथा दुब्र्यसनीहरु मध्ये ९०% युवावर्ग रहेको वताइयो ।

समाजको युवा तथा खेलकुद उपसमिति, महानगरीय प्रहरी प्रभाग, मंगलबजार तथा राष्ट्रिय युवा महासंघ, ललितपुर शाखावाट संयुक्त रुपमा भएको उक्त अभिमुखिकरण कार्यक्रममा प्रमुख अतिथी महानगरीय प्रहरि परिशर, ललितपुरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरिक्षक ठूले राईले लागू पदार्थ दुब्र्यसन अहिले जल्दो वल्दो समस्याको रुपमा देखिएको र त्यसको नियन्त्रणमा स्थानिय समूदायको महत्वपूर्ण भूमिका रहने वताउनु भयो ।

उहांले युवावर्गले उत्सुकतावस गरीने अनुभवले नै दुब्र्यसन लत वस्न जाने भएकोले त्यसको रोकथाम अहिलेको आवश्यकता रहेको वताउनु भयो । ताम्रकार समाजका अध्यक्ष रविन्द्र राज ताम्रकारको सभापतित्वमा भएको उक्त कार्यक्रममा उहांले विगत केही समय देखि दुब्र्यसनीहरुको संख्या वढ्दै गइरहेकोमा चिन्ता व्यक्त गर्नु भयो ।

उहांले दुब्र्यसनीहरुले लागू औषधको सेवन संगसंगै गरिने अन्य आपराधीक गतिविधीहरुले समस्याहरु निम्त्याएको वताउनु भयो । प्रहरी र स्थानिय समूदाय मिलेर दुब्र्यसन रोक्न सकिनेमा उहांले विश्वास ब्यक्त गर्नु भयो । उक्त कार्यक्रममा मंगलबजार प्रभागका प्रहरी निरिक्षक प्रकाश थापाले नेपालमा लागू पदार्थ दुब्यर्सनको वर्तमान अवस्था तथा प्रभागवाट हुदैं आइरहेको अभियानका वारेमा प्रस्तुति दिनुभएको  थियो ।

सो कार्यक्रममा समाजका महासचिव शम्भु गोविन्द ताम्रकार, महासंघ ललितपुरका अध्यक्ष राजेश बज्राचार्य, युवा तथा खेलकुद उपसमितिका संयोजक सजेश ताम्रकार लगायतले लागू पदार्थ दुब्र्यसनका वारेमा वोल्नु भएको थियो ।  ताम्रकार समाज भवन, जावलाखेलमा भएको उक्त कार्यक्रममा ६० भन्दा वढी युवाहरुको सहभागीता रहेको थियो । उक्त अवसरमा प्रहरी वरिष्ठ उपरिक्षक राईलाई समाजको तर्फवाट स्वागत तथा सम्मान समेत गरिएको थियो ।