१६०४.१५ विन्दुमा पुग्यो नेप्से, परिसूचकमा १.३० प्रतिशत वृद्धि

447

काठमाडौं  । साताको दोस्रो दिन नेप्से परिसूचक २० दशमलव ५८ अङक बढेको छ ।

सरकारले स्थानिय तहलाई रू. ७५ अर्ब छुटट्याएको खबरले शेयर बजारमा वृद्धि देखिएको एक ब्रोकरले बताए ।

बैङ्क तथा वित्तिय संस्थामा देखिएको तरलता अभाव समाधान हुने खरबले लगानीकर्ताहरुको मनोबल बढेको हो ।

बजार खुलेदेखि उकालो लागेको शेयरबजार अन्त्यमा १ दशमलव ३० प्रतिशत बढेर  १ हजार ६ सय ४ दशमलव १५ विन्दुमा पुगेर बन्द भएको छ ।

कारोबारमा आएका सबै समूहहरुको परिसूचक बढेपछि समग्र नेप्से परिसूचक उकालो लागेको हो । साथै, कुल बजार पूँजीकरण १ दशमलव ३० प्रतिशतले वृद्धि भएको छ भने कारोबार रकम न्यून प्रतिशत बढेको छ ।

यस दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन इण्डेक्स १ दशमलव ३१ प्रतिशत बढेर ३ सय ४० दशमलव ७७ अङक पुगेको छ ।  सो दिन १ सय २१ कम्पनीहरुको शेयरमूल्य बढेको छ भने १६ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै, ७ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

बैङ्किङ समूहको परिसूचक १ दशमलव ५४ प्रतिशत, विकास बैङ्कको १ दशमलव ५२, होटल समूहको १ दशमलव १९, उत्पादन तथा प्रशोधन समूह र बीमा कम्पनीको परिसूचक १ दशमलव १४ प्रतिशत बढेको छ ।

साथै, कारोबारमा आएका वित्त समूहको परिसूचक शून्य दशमलव ७१ प्रतिशत, जलविद्युत समूहको शून्य दशमलव ४८ प्रतिशत र ‘अन्य’ समूहको परिसूचक शून्य दशमलव १७ प्रतिशत बढेको छ ।

फर्रवाड कम्युनिटि माइक्रोफाइनान्स वित्तिय संस्थाको रू. ४ करोड ८९ लाख कारोबार भयो । यस कम्पनीको शेयर मूल्य रू. २ सय ४४ ले बढेर प्रति कित्ता शेयर रू. ३ हजार ५ सय ४२ पुगेको छ ।  यस कम्पनीको ६ सय ८४ पटकको व्यापारमा  १४ हजार २ सय २७ कित्ता शेयर किनबेच भएको हो ।

साथै, हिमालयन डिस्टिलरीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । यस कम्पनीको रू. ४ लाख ८३ हजार बराबरको शेयर कारोबार भएको हो ।  कम्पनीको शेयर मूल्य रू. ८१ प्रतिशत बढेर अन्तिम मूल्य रू. ८ सय ९१ पुगेको छ । यस कम्पनीको १५ पटकको व्यापारमा  ५ सय ५० कित्ता शेयर किनबेच भएको हो ।  यस दिन कुवेर मर्चेण्ट फाइनान्स लिमिटेडको अघिल्लो दिनको तुलनामा ६ प्रतिशत घटेर शेयर मूल्य रू. १ सय ४१ पुगेको छ ।

त्यसैगरी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, कुवेर मर्चेण्ट एण्ड फाइनान्स, सानिमा बैङ्क, प्राइम लाइफ इन्स्योरेन्स, जनता बैङ्क, नेपाल इन्भेष्टमेण्टको संस्थापक शेयर, नविल बैङ्क, स्ट्याडर्ड चाटर्ड र नेपाल इन्स्योरेन्सको शेयर कारोबार रू. १ करोड ६८ लाख देखि रू. ३ करोड ८४ लाख सम्म शेयर कारोबार भएको छ ।
यस समयमा १ सय ५४ कम्पनीहरुको ६ हजार ६ सय ३५ पटकको व्यापारमा रू. ६९ करोड ४३ लाख बराबरको शेयर कारोबार भएको छ । सो दिन नेप्सको १४ दिने रिलेटिभ स्ट्रेन्थ इन्डेक्स न्यूट्रल जोन अथवा ५९ दशमलव २० स्केलमा पुगेको छ । यसले बजारमा शेयरको मूल्य सन्तुलनमा रहेको देखाउँछ । यस दिन एडी रेशियो ४ दशमलव ६५ रहेको छ । यसले शेयर बजार बुलिश प्रवृत्तिमा रहेको देखाउँछ ।