भक्तपुर । युवा गजल गायक तथा संगीतकार राज सागरले भक्तपुरका पत्रकार गुरु प्रसाद ढकालको उपचारको सहयोगार्थ एकल गजल गायन गर्ने भएका छन् ।
उनको एकल गजल गायन श्रावण १३ गते शुक्रबार मध्यपुर थिमी यचु पार्टी प्यालेसमा बिकास प्रहरको तेस्रो एकल गजल साँझ २०७४ को अबसरमा हुने छ ।
गजलकार बिकास प्रहर र राजसागरको संयुक्त प्रस्तुति रहने उक्त कार्यक्रममा प्रबेशका लागि ५००० रु र २०००रुको टिकट रहेको छ ।
कार्यक्रम त्रिपुरा न्यूज साप्ताहिक र रचनात्मक साहित्यि समूह संयुक्त आयोनामा गर्न लागिएको हो ।