लागूऔषध कारोबारीका हिसाबले धरान पूर्वाञ्चलकै पहिलो स्थानमा

454

धरान / लागूऔषध कारोबारीका हिसाबले सुनसरीको धरान दोस्रो स्थानमा रहेको धरानमा आयोजित एक कार्यत्रमका सहभागीहरुले बताएका छन् ।

नेपाल प्रहरी श्रीमति संघकामे आयोजनामा धरानमा गरेको सचेतना कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

सहभागीहरुलर्इ पूर्वाञ्चल प्रहरी कार्यालय विराटनगर र अञ्चल प्रहरी कार्यालयको संयोजनमा आयोजना गरिएको कार्यक्रममा सुनसरीको धरान पूर्वाञ्चलकै पहिलो नेपालमा भने काठमाण्डौपछि दोस्रो लागू औषधको कारोबारको केन्द्रविन्दु भएको बताएका हुन् ।

कार्यक्रममा बोल्दै नेपाल प्रहरी श्रीमति संघकी अध्यक्ष सीमा अर्यालले नेपाललाई लागू आैषघ कारोबारीले ट्राजिन्स्ष्ट पोइन्ट बनाउदै गएका कारण नेपालका विभिन्न स्थानमा सचेतना कार्यक्रमको आयोजना गर्ने गरेको बताउनुभयो ।

उहाले सुनसरीको धरानलाई पनि लागू औषध कारोबारीले व्यापारिक कारोबारको केन्द्र बनाउदै गएकोले र दिनप्रतिदिन युवाहरु लागू औषधको कुलतमा फसेका कारण यसको न्यूनिकरणका लागि पनि धरानमा सचेतना कार्यक्रमको आयोजना गरिएको बताए ।


यता संयोजनको भूमिका खेलेको अञ्चल प्रहरी कार्यालयका प्रमुख एसएसपी उत्तम कार्कीले धरानलाई लागू औषध मुक्त सहर बनाउन अञ्चल प्रहरीले पूर्वाञ्चलमा रहेका जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालयसंग सहकार्य गरेर डेल्टा अप्रेसशन शुरु गरेको र यसले धेरै हदसम्म सफलता पाएको बताए ।

सो अवसरमा पूर्वाञ्चल असरा केन्द्रको उद्देश्यका बारेमा केन्द्रका सदस्य प्राध्यापक डा. राजेन्द्र शर्माले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा भर्खरै सम्पन्न नवनिर्वाचित धरानका जनप्रतिनिधिहरुलाई स्वागत सम्मान समेत गरिएका थियो भने सचेतना कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, लागू औषध समबन्धी काम गर्ने संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।