भूकम्पपीडितलाई निःशुल्क नक्सापास

463

धनकुटा नगर कार्यपालिकाले नगरका भूकम्पपीडितलाई घर बनाउँदा निःशुल्क नक्सापासको व्यवस्था गरेको छ ।

नगरपालिकाका मेयर चिन्तन तामाङको अध्यक्षतामा बुधवार बसेको पहिलो बैठकले पीडिले घर बनाउँदा नक्सापासबापत तिर्नुपर्ने रकम नलिने निर्णय गरेको हो । उक्त निर्णयबाट पीडितले तिर्नुपर्ने १० हजारदेखि ४० हजारसम्म रकम छूटको लाभ लिन सक्ने कार्यपालिकाका प्रवक्ता जमशेर छाराले जानकारी दिए ।

घर बनाउन ३ लाख अनुदान रकम पाउने धनकुटाका २ हजार ७ सय ९६ घरधुरीमध्ये उक्त सेवाबाट करीब ४ सय २७ जना पीडितले सुविधा पाउने नगरका कार्यकारी अधिकृत तीर्थप्रसाद धितालले बताए ।