यातायात व्यवसायीको माग पूरा, लामो दुरीको यातायात असोज १ देखि नै खुल्ने

172

काठमाडाँै । लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा आउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
साथै संक्रमणको जोखिम बढेको अवस्थामा स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्नेछ ।
बसको एक लहरको सिटमा एक जना मात्र बस्न पाइनेछ ।

यातायात व्यवसायीहरुले कुनै पनि हालतमा असोज १ गतेबाट सार्वजनिक सवारी सञ्चालन गर्ने अडान कस्दैं आएका थिए । व्यवसायीहरुको चर्को दवावपछि सरकारले असोज ५ गतेबाट लामो दुरीको यातायात खुल्ला गर्ने निर्णय गरेको थियो । त्यसबाट पनि पछि हट्दै सरकारले यातायात व्यवसायीले भनेकै मिति असोज १ गतेबाट सार्वजनिक सवारी खुल्ला गरेको हो ।