मालपोत र नापीको आर्थिक चलखेलले भुमाफियाले प्राथमिकता पाएको छ ।
भक्तपुर । स्थानिय निर्वाचनको मौका छोपी भक्तपुर भर अनियमित तवरवाट प्लानिङ गरिएको छ ।
स्थानिय निकायमा जन प्रतिनिधि चुन्न सरकारी कर्मचारी जन प्रतिनिधीले कार्य गरि हाल्छन् नी भन्ने हेलचेक्राई गर्दा माफियाहरुले भने भक्तपुरका कुन कुना सम्म अनियमित तवरवाट माटो कटान एवं प्लानिङ गरेका छन् ।
प्रसासन स्थानिय निकाय आयो भन्ने भ्रममा स्थानिय निकायका प्रतिनिधी बधाई एवं शुभकामना लिन नै ब्यस्थ रहँदा माफियाहरुले भने धमाधम ५ रोपनी देखी ५० सौं रोपनी सम्म जमिन प्लटिङ गर्न भ्याएका छन् ।
भक्तपुरको चाँगुनारायण नगरपालिका र सुर्यविनायक नगरपालिकामा अनियमित तवर वाट धेरै जग्गा सम्माउने नाममा सयौं रोपनी जमिन प्लानिङ गरि धमाधम विक्री गरि रहेका छन् ।
नगरविकास प्राधिकरणले एक निश्चित मापदण्ड पुञ्याएर मात्र प्लानिङ गर्न पाउने र प्लानिङ गर्न स्थानिय निकाय नगर विकास , जिल्ला समन्वय समिति लगाएतका सरकारी संस्थामा अनुमती लिनु पर्ने भएपनि भक्तपुरमा भने केवल केहिले मात्र अनुमती लिए पनि धेरैले अनुमती वेगर नै अनियमित तवर वाट प्लानिङ गर्दै आएका छन् ।
यसरी अनियमित तवर वाट भएको प्लानिङलाई कसरी नियमन एवं कारवाही गर्ने भन्ने विषयमा नयाँ निर्वाचित जन प्रतिनिधी पनि अन्योलमा रहेको उनीहरु वताउँछन् ।
उनीहरुका अनुसार हाल सम्म स्थानिय निकायमा एक पनि संस्थाले अनुमती लिन आएका पाईदैन तर सार्वजनिक जग्गा , समुदायिक वन नै मिचेर पनि केहिले प्लानिङ गरेको गुनासो भने आई रहेको उनीहरु वताउँछन् ।
सार्वजनिक जग्गा नै मिचेर प्लानिङ गरेका छन्, भिरालो जमिन मा अनियमित रुपमा यसरी प्लानिङ गर्न नगर विसासको मापदण्डमा पर्दैन तैपनि अनियमित रुपमा माथी देखि नै सेटिङ मिलाएर प्लानिङ भई रहेको चाँगुनारायण नगरपालिकाका स्थानिय वासी हरिवहादुर कपाली वताउँछन् ।
उनका अनुसार चाँगुनारायण नगरपालिकामा एक आध स्थानमा वाहेक कुनै पनि स्थानमा नियम संम्वत रुपमा प्लानिङ भएको छैन, म पनि एक घर जग्गाको काम गर्ने मान्छे हो तर यस्तो स्थानमा सस्तो जग्गा भन्दै सोझालाई फसाउने कार्य भएको उनको आरोप रहेको छ ।
उनी भन्छन् यस्ता अनियमित तवर वाट गरिएका प्लानिङका कित्ता काट र नक्सा पासमा पनि ठुलै चलखेल हुने गरेको छ ।
यदि नापी र मालपोतले नियम संगत रुपमा आएका प्लानिङ लाई मात्र कित्ता काट गरि दिएको खण्डमा मात्र सरकारले भनेको जस्तो स्मार्ट सिटी र अन्य सिटीको अवधारणमा जान सकिएला तर यो नभई मालपोत र नापीको चलखेलका कारण पनि यस्ता प्लानिङले स्वतन्त्र रुपमा कार्य गर्न सकेको उनको आरोप रहेको छ ।
हुन पनि मालपोत कार्यालय र नापीले यस्ता अनियमित रुपमा भएका प्लानिङ लाई खुलेयाम रुपमा अनियमित तवरवाट जव सम्म अनुमती दिने काम हुन्छ तव सम्म भुमाफिया एवं जग्गाको चलखेल गर्नेहरुले प्रत्साहन नै पाउने पक्का छ ।
हाल सुर्यविनायक नगरपालिकार र चाँगुनारायण नगरपालिकाका विभिन्न स्थानमा धमाधम डोजर लगाएर माटो सम्माउने कार्य भई रहेको छ तर स्थानिय निमाय एवं जिल्ला प्रसासन कार्यालय भने केवल मुख दर्शकका रुपमा उभी रहेको छ ।